INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला

नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पौवादुङ्मा गाउँपालिका–३ का ७० वर्षीय मानबहादुर बोहरालाई जिल्ला अदालतले भदौ २१ गते ११ वर्ष कैदसहित ७५ हजार रूपियाँ क्षतिपूर्तिको फैसला  गरेको छ ।

न्यायाधीश हरिश्चन्द्र इङ्नामको इजलासले उक्त फैसला सुनाएको जिल्ला अदालतका सूचना अधिकारी मणीराम पोखरेलले बताए  ।

पीडित पक्षले ओरोपितविरूद्ध जेठ २६ गते दिएको उजुरीका आाधारमा जेठ २७ गते गिराफ्तार गरी कारबाही अघि बढाएको थियो । पीडित बालिकाको स्वास्थय परीक्षण सोही दिन गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर चरित्रविक्रम कार्कीले बताए ।

अन्य

भिडियो