INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला अदालत परिसरबाटै बिक पुनः गिरफ्तार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई भोजपुर जिल्ला अदालतले भदौ २० गते धरौटीमा रिहा गरे लगत्तै प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरेको छ ।

न्यायाधीश हरिषचन्द्र इङ्गनामको इजलासले ६० हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएपछि धरौटी बुझाएर अदालतबाट निस्कने क्रममा भोजपुर प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर चरित्रविक्रम कार्कीले बताए ।

गिरफ्तारीमा परेका प्रकाण्डलाई प्रहरीले भदौ २० गते नै जिल्ला प्रहरी कार्यालय दाङ लगेको छ ।

प्रकाण्डले टेम्केमैयुङ गाँउपालिका–६ गुम्बामा ०७४ कात्तिक २८ गते हाल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको निर्वाचन प्रचारका लागि प्रयोग गरिएको गाडीलाई लक्षित गरी बम पड्काएको आरोप थियो ।

उनलाई भदौ ७ गते सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि काठमाडौँबाट विराटनगर एयरपोर्ट हुँदै भोजपुर जिल्ला अदालत लगिएको थियो ।

अन्य

भिडियो