रिसिङ गाउँपालिका–४ भिर्कोट गुम्लेक घर भएका सोही वडाको सहवीर प्राविका शिक्षक ४० वर्षीय गमबहादुर बिकमाथि भदौ १९ गते बिहान अज्ञात समूहले खुकरी प्रहार गरी घाइते बनाएको छ । बिहान घरबाट विद्यालय जान हिँडेका शिक्षक बिकमाथि जङ्गलमा पर्ने बाटोमा सो समूहले आक्रमण गरेको हो ।
खुकुरी प्रहारबाट बिक गम्भीर घाइते भएका छन् । उनलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको छ । उनको टाउकोमा १७ वटा टाँका लगाइएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन तनहुँका अध्यक्ष राजेन्द्र पौडेलले बताए ।
सो सङ्गठनले घटनाप्रति घोर भत्र्सना गर्दै आक्रमणकारीलाई गिरफ्तार गर्न माग गरेको छ । सङ्गठनका अध्यक्ष पौडेलले भदौ १९ गते विज्ञप्ति जारी गर्दै अपराधिक क्रियाकलापमा संलग्नलाई गिरफ्तार गरी कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन् ।