INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा जन्मकैदको फैसला

६२ वर्षीया आमालाई बलात्कार गरेको कसुरमा २७ वर्षीय छोरालाई जिल्ला अदालतले भदौ १८ गते जन्मकैदको सजाय सुनाएको छ ।

न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले आरोपितलाई जन्मकैदको सजाय सुनाएको अदालतका सूचना अधिकारी मणि पोख्रेलले बताए ।

पीडित महिलालाई आरोपितले ०७५ असार ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार ११ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई सोही दिन गिरफ्तार गरी प्रहरीले कारवाही अघि बढाएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार १२ गते जिल्ला अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर चरित्रविक्रम कार्कीले बताए ।

अन्य

भिडियो