१३ र १४ वर्षीया बालिकालाई भदौ १७ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनगढी उमनपा–६ जालीका २२ वर्षीय अनिल चौधरीलाई भदौ १७ गते गिरफ्तार गरेको छ ।
दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको सूचना स्थानीयले प्रहरीलाई दिएपछि तत्काल घटनास्थलमा पुगी अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी हरिबहादुर वलीले बताए ।
पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण भदौ १७ गते सेती अञ्चल अस्पताल धनगढीमा गरिएको छ ।