INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँकै एउटा कुवा पहिरोले पुरेपछि सिर्सेकोटमा खानेपानीको समस्या

जिल्लाको वालिङ नपा–१२ स्थित सिर्सेकोटमा खानेपानीको समस्या भएको छ । गुरूङ बस्ती रहेको सो गाउँमा एउटा भएको पानीको कुवा पनि निरन्तरको वर्षासँगै आएको पहिरोले पुरेपछि गाउँलेलाई खानेपानीको समस्या भएको हो । डाँडामा बस्ती भएकाले पानीको स्रोतको अभावमा खानेपानीको सास्ती भोग्दै आएका सो ठाउँका ५२ परिवारले कुवाको पानी प्रयोग गर्दै आएका थिए ।

स्थानीय हेमन गुरूङ गाउँमा पानीको समस्यालाई सानो कुवाले टारिरहेको भएपनि कुवा नै पुरिएपछि आकाशे पानीले गुजारा चलाउने स्थिति आएको गुनासो गर्छन् । गुरूङका अनुसार ग्रामीण सडकको भल र पहिरोले कुवा पुरिँदा अहिले गाउँमा पानीको हाहाकार भएको छ ।

खानेपानीको आयोजनाका लागि धेरै ठाउँमा धाएको भएपनि कुनै निकायबाट योजना नपरेको उनले गुनासो गरे । गुरूङका अनुसार कुवाको पानी चलाउने सो गाउँमा हिँउदमा एक गाग्री पानीको लागि एक घण्टाको बाटो तल सपउँदेमा पुग्नुपर्छ ।

वडा अध्यक्ष दानबहादुर गुरूङले सिर्सेकोटका स्थानीय बासिन्दाले खानेपानीको लागि धेरै दुःख पाएको र समस्याको हलको प्रयास आफूले गरिरहेको प्रतिक्रिया दिए ।

अन्य

भिडियो