INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँपालिका अध्यक्षमाथि आक्रमणको प्रयास

हरिनास गाउँपालिकाका अध्यक्ष ३४ वर्षीय खिम नारायण मानन्धरलाई अज्ञात समूहले आक्रमणको प्रयास भएको पीडित पक्षले जनाएको छ । भदौ १३ गते बेलुकी गाउँपालिकाको कार्यालयबाट घरतर्फ आउँदै गर्दा हरिनासको जङ्गलमा मानन्धरमाथि आक्रमणको प्रयास भएको पीडितले बताए । गाउँपालिकाले घटनाको भत्र्सना गर्दै दोषी पहिचान गरी कारबाही गर्न माग गरेको छ ।

गाउँपालिका अध्यक्ष मानन्धर बेलुकी ६ बजेतिर मोटरसाइकलमा आउँदै गर्दा एक जना युवाले आफूलाई ‘केही कुरा गर्नुछ’ भन्दै रोक्न खोजेको र आपूmले त्यस ठाउँमा अलि आरोलो भएकोले अलि तल आउनुस् भनेर अगाडि बढेपछि ती युवाले सिठी बजाउँदा अन्य तीन जना व्यक्ति हातमा लाठी लिएर आएपछि भागेर ज्यान बचाएको मानन्धरले बताएका छन् ।

अध्यक्ष मानन्धरले भने लौरा लिएर आएका युवाहरूलाई देखेपछि भागेर ज्यान बचाएको बताए । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय, स्याङ्जामा तत्कालै खबर गरेपछि चिसापानी प्रहरी चौकीबाट प्रहरी आएका थिए । प्रहरी र स्थानीयबासीको सहयोगमा घर पुगेको मानन्धरले बताए । आक्रमणको प्रयास गर्ने युवाहरूलाई आफूले नचिनेको अध्यक्ष मानन्धरको भनाई छ ।

घटनाका बारेमा गाउँपालिका अध्यक्षले फोनमार्फत जानकारी गराएको र स्थानीय प्रहरीद्वारा घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका डिएसपी प्रकाश बिष्टले जानकारी दिए ।

photo20180515syanja

अन्य

भिडियो