INSEC Online

📅 २०८३ जेष्ठ २१

भारतमा अलपत्र परेकी बालिकाको उद्धार

भारतमा अलपत्र परेकी ११ वर्षीया बालिकालाई प्रहरीले शान्ति तथा पुनर्स्थापना केन्द र भारतीय प्रहरीको सहयोगमा उद्धार गरी भदौ १२ गते नेपाल ल्याइएको छ ।

कृष्णनगर नपा-२ घर भएकी बालिका भदौ ११ गते साँझदेखि हराएको भन्दै बालिका आफन्तले भदौ ११ गते नै बालिका हराएको सूचना इलाका प्रहरी कार्यालय कृष्णनगरमा दिएका थिए ।

बालिका खोज्ने क्रममा भारतको नौगढस्थित प्लेटर्फममा रहेको जानकारी प्राप्त भएपछि शान्ति पुनर्स्थापना केन्द्रका संयोजक भुमिराज भट्टराई, अभिभावक, भारतीय प्रहरी र भारतीय बालकल्याण समितिको सहयोगमा बालिकाको उद्धार गरी परिवारको जिम्मा लगाइएको संयोजक भट्टराईले बताए ।

अन्य

भिडियो