INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महदेवा गाउँपालिका-१ पकरीका ५५ वर्षीय जुगेश्वर सरदारविरूद्ध जिल्ला प्रहरी कार्यालयमा भदौ ११ गते उजुरी दर्ता गरिएको छ ।

पीडित बालिकालाई आरोपितले भदौ ३ गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी आएपछि आरोपितको खोजी कार्य थालिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेनद्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भदौ ३ गते गरिएको छ । बलात्कारका कारण बिरामी भएकी बालिकाको उपचार सोही अस्पतालमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो