चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लेखनाथ नपा-६ का ३९ वर्षीय बुद्धिबहादुर विकलाई भदौ २६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले भदौ २४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले भदौ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा भदौ २६ गते गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।