१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौकुने गाँउपालिका-९ का २६ वर्षीय दानबहादुर दानीलाई भदौ १० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले भदौ ९ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले इलाका प्रहरी कार्यालय बाबियाचौरमा सोही दिन दिएको मौखिक जानकारीको आधारमा आरोपितलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा थप अनुसन्धानको लागि राखिएको जिल्ला प्रहरी कार्यालयका सुर्खेतका डिएसपी श्याम सिं चौधरीले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ११ गते क्षेत्रीय अस्पताल सुर्खेतमा गरिएको छ । पीडितका आफन्तले ०७५ भदौ ११ गते आरोपितविरूद्ध उजुरी दिएका छन् ।