INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन गरेको कसुरमा १२ वर्षकैदको फैसला

३० वर्षीया महिलासहित उनका दुई छोराहरूलाई बेचविखन गर्न भारत लगेको ठहर गर्दै जिल्ला अदालतले प्युठान जिल्ला बाँदीकोट गाविसका ३२ वर्षीय केशव ज्ञवालीलाई भदौ २४ गते जिल्ला अदालतले १२ वर्षकैद र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।

न्यायाधीश केशवप्रसाद बास्तोलाको इजालसलले प्रमाणको आधारमा आरोपित ज्ञावलीलाई १२ वर्षकैद र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको अदालतका श्रेस्तेदार मोहनप्रसाद वेल्वासेले जानकारी दिए ।

ज्ञावलीले चार महिना अघि भारतमा राम्रो सेवा र सुविधा भएको जागिर लागइदिने भन्दै पीडित महिलाबाट पैसा र उनीसँग भएको सुनसमेत लिई भारततर्फलैजाँदै गर्दा प्रहरीले बुटवलबाट गिरफ्तार गरेको थियो ।

पीडितका पतिको उजुरीको आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी मानव बेचविखन तथा ओसार पसार अन्तर्गत मुद्दा चलाएको थियो ।

अन्य

भिडियो