INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३४ वर्षीय बावुलाई भदौ ४ गते वीरेन्द्रनगरबाट गिरफ्तार गरेको छ ।

कक्षा आठमा अध्ययनरत बालिका तीन/चार महिनादेखि पढ्न मन नगर्ने, टोलाएर बस्ने, रुने, डराउने गरेपछि सामुदायिक प्रहरी विद्यालयमा गई मनोविमर्श गर्ने क्रममा बावुले वैशाख महिना यता पटकपटक बलात्कार गरेको खुल्न आएपछि प्रहरीले उनलाई गिरफ्तार गरेको जनाएको छ । पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा भदौ ४ गते उजुरी दिएको थियो ।

घटनाका सम्बन्धमा कसैलाई भने आरोपितले पीडितलाई मार्ने धम्की दिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । आरोपितलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी बसन्त रजौरेले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण क्षेत्रीय अस्पताल सुर्खेतमा भदौ ४ गते गरिएको प्रहरीले जनाएको छ । पीडित आरोपितका झडकेली छोरी हुन् ।

अन्य

भिडियो