INSEC Online

📅 २०८३ जेष्ठ २२

क्याम्पस सञ्चालकले विद्यार्थी नेतालाई कुटपिट गरेको आरोप

नेपालगञ्ज हेल्थ क्याम्पसमा लागेको तालाको विषयमा छलफल गर्न बोलाएर क्याम्पस सञ्चालक मैकुलाल बालमिकीले भदौ ४ गते महेन्द्र बहुमूखी क्याम्पस नेविसङ्घका कार्यवहाक अध्यक्ष २८ वर्षीय चन्द्रप्रकाश देवकोटा र सिटीइभिटी केन्द्रीय समन्वयका उपाध्यक्ष २० वर्षीय सुरज थापालाई कुटपिट गरेको पीडितद्वयले आरोप लगाएका छन् ।

photo20180820banke

विद्यार्थीहरूले परीक्षा दिन नपाएको विरोधमा नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेविसङ्घले साउन ३१ गते विज्ञप्ति प्रकाशित गर्दै नेपालगञ्ज हेल्थ क्याम्पसमा तालाबन्दी गरेका थिए ।

वाल्मिकीले सञ्चालन गरेको क्याम्पसमा गरिएको तालाबन्दीका विषयमा छलफल गर्ने निहुँमा गुण्डा लगाएर आफूमाथि आक्रमण गरेको देवकोटाले आरोप लगाए । देवकोटाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।

आरोपित वाल्मिकीले भने आफूले हातपात नगरेको भन्दै नेविसङ्घकै नेताहरूबीच विवाद हुँदा झडप भएको बताए ।

विभिन्न विद्यार्थी सङ्गठनले पनि घटनाको भत्र्सना गर्दै वार्तामा बोलाएर विद्यार्थी नेतामाथि आक्रमण गर्नु दुःखद् भएको भन्दै विद्यार्थी सङ्गठनले घटनाको छानविन गरी दोषीमाथि कारवाही गर्न माग गरेका छन् ।

अन्य

भिडियो