INSEC Online

📅 २०८३ जेष्ठ २१

अधिकारी हत्या प्रकरणः नुरप्रसाद आएनन्, पेशी भदौ २४ गतेलाई तोकियो

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणका जाहेरवाला व्यक्ति नुरप्रसाद अधिकारी अदालतमा बकपत्रका लागि उपस्थित हुन दोस्रो पटक म्याद तामेल भएता पनि उनी चितवन अदालतमा हाजिर भएनन् । उनलाई भदौ ४ गते सोमबारका लागि अदालतले म्याद जारी गरेको थियो ।

जाहेरवाला हाजिर नभएपछि यस मुद्दाको पेशी भदौ २४ गते आइतबारका लागि तोकिएका अदालतका श्रेष्तेदार गेहेन्द्रराज पन्तले जानकारी दिए ।

गत साउन २० गते भएको आदेशले जाहेरवालालाई पुनः म्याद तामेलका लागि पठाइएको थियो । नुरप्रसाद नआएपछि अबको कानुनी बाटो बारे आगामी भदौ २४ गतेको पेशीबाट थाहा हुने श्रेष्तेदार पन्तले जानकारी दिए ।

अदालतले नबुझी नहुने भनेको जाहेरवालाको अनुपस्थितिमै फैसला गर्न लागिएको भन्दै जाहेरवाला पक्षका वकिलहरूले साउन २० गतेको इजलासमा आपत्ति प्रकट गरेपछि पुनः म्याद तामेल जारी गर्न न्यायाधीश कुलप्रसाद शर्माबाट आदेश भएको हो ।

फागुन १३ गते आइतबार न्यायाधीश कुलप्रसाद शर्माको इजलासले यस मुद्दाका जाहेरवाला नुरप्रसाद अधिकारीलाई बकपत्रका लागि अदालतमा हाजिर हुन पहिलो पटक आदेश गरेको थियो ।

मुलुकी ऐन २०२० को अदालती बन्दोबस्तको ११५ अनुसार ‘नबुझी नहुने’ भन्दै नुरप्रसादलाई ०७४ चैत २५ गते आइतबार अदालतमा बकपत्रका लागि हाजिर हुन आदेश गरेको थियो । तर, उनी अझैसम्म अदालत हाजिर भएका छैनन् ।

अन्य

भिडियो