विस्थापितहरूका लागि राहत रकम कम आउँदा १ सय २३ परिवारले राहत पाउनबाट वञ्चित भएका छन् । १ सय २३ परिवारका ६ सय ४० भन्दा बढी व्यक्ति राहत पाउनबाट वञ्चित भएका शान्ति समितिका सचिव अनिलबहादुर विष्टले जानकारी दिए ।
५ करोड ४५ लाख रकम मन्त्रालयबाट आएकोमा केही परिवारलाई वितरण गर्दा १ सय २३ परिवार छुटेका बताइएको छ । एक परिवारको प्रतिसदस्य ५ हजारका दरले विस्थापित रकम दिइएको छ ।
‘राहत नपाएका परिवालाई आगामी दिनमा राहत दिनेछौँ ।’–सचिव विष्टले भने । तर, आगामी दिनमा राहत आउनेमा भने निश्चितता नभएको बताइएको छ ।
आर्थिक वर्ष २०७३/०७४ मा विस्थापितलाई बाँड्न भनी आएको रकम चुनावलगायतका कारण सबै रकम नबाँडेरै फिर्ता भएको थियो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले प्रशासनिक र राजनीतिक रूपमा कुरा गरेर बाँकी रहेको राहत रकम ल्याउन आवश्यक भएको बताए ।
जिल्लामा द्वन्द्वका क्रममा क्षति भएका साविकका गाविस भवन, प्रहरी चौकी, पशु, बैङ्क, कृषि कार्यालयका सेवा केन्द्रहरू पुनर्निर्माणमा सुस्तता हुँदा सेवा प्रदायक र सेवाग्राहीमा सास्ती भइरहेको छ ।