१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा आरोपमा भरतपुर महानगरपालिका–२२ का ३१ वर्षीय मुरारी श्रेष्ठलाई चितवन जिल्ला अदालतका न्यायाधीश वासुदेव न्यौपानेको इजलासले साउन ३० गते तीन वर्ष कैद हुने फैसला सुनाएको छ ।
पीडित बालिकालाई आरोपितले ०७४ चैत ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय चितवनमा सोही दिन उजुरी गरेको थियो ।
श्रेष्ठलाई चैत ३० गते नै प्रहरीले गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ३० गते भरतपुर अस्पतालमा गरिएको थियो ।