INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा रुपनी गाउँपालिका-४ जमुनी मधेपुराका २५ वर्षीय बिताई भनिने बङ्कर मण्डललाई प्रहरीले साउन २७ गते गिरफ्तार गरेको छ ।

घरमा कोही नभएका बेला ०७५ साउन २३ गते राति आएका आरोपितले हातपात गरी बलात्कार प्रयास गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा साउन २४ गते उजुरी दिएकी थिइन् ।

आरोपितलाई साउन २४ गते गिरफ्तार गरेको प्रहरीले सोही दिन साँझ पीडितकै जेठाजुको जमानतमा छाडेको थियो । दुवै पक्षबीचको छलफलमा सहमति नभएपछि साउन २५ गते प्रहरीले उजुरी दर्ता गरेको राजविराज नपा-१६ का शङ्कर देवले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण र घाउँजाँच हालसम्म नगरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पीडितका जेठाजुलाई खोज्न गएका बेला अपशब्द गालीगलौज गरेपछि एक झापड हिर्काएको रिस आवेशमा आफूमाथि झुठा उजुर दर्ता गरिएको आरोपितले बताए ।

अन्य

भिडियो