१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सप्तकोशी नपा–४ तुलसी चोकका ५० वर्षीय भानुभक्त सापकोटालाई साउन २६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोप लगाएको छ । आरोपितको घरबाट डराउँदै, काम्दै निक्लिएकी पीडितलाई सोधपुछ गरेपछि घटनाबारे जानकारी पाएका छिमेकीहरूले तत्कालै प्रहरी चौकी फत्तेपुरमा खबर गरेका थिए ।
पीडितकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा साउन १५ गते उजुरी दिएको बताइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण र घाउ जाँच कञ्चनरुपस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा साउन १५ गते गरिएको छ । आरोपितले आफूलाई षडयन्त्रपूर्वक फसाइएको बताए ।