१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सान्नीत्रिवेणी गाउँपालिका–५ रिस्कोटका २८ वर्षीय जनबहादुर बमलाई साउन २६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन १८ गतेदेखि २० गतेसम्म सोही गाउँपालिका–३ स्थित एक घरमा बन्धक बनाएर लगातार बलात्कार गरेको आरोपमा पीडितपक्षले साउन २५ गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २५ गते जिल्ला अस्पताल कालिकोटमा गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी विनोद शार्माले बताएका छन् ।