१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लम्कीचुहा नपा-५ चिसापानीका २० वर्षीय बसन्त बुढालाई साउन २० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन १७ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका आफन्तले साउन १९ गते इलाका प्रहरी कार्यालय, मोतीपुरमा उजुरी गरेको इलाका प्रहरी कार्यालय मोतीपुरका इञ्चार्ज सुरेन्द्रप्रसाद जोशीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १८ गते टीकापुर अस्पतालमा गरिएको छ ।