१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ४५ वर्षीय भोजराज दवाडीलाई इलाका प्रहरी कार्यालय मुग्लिनले भदौ २२ गते गिरफ्तार गरेको जनाएको छ ।
पीडित बालिकालाई भदौ २१ गते यौन दुर्व्यवहार गरोको आरोपमा पीडित बालिकाका अभिभावकले भदौ २३ गते दवाडीविरुद्ध उजुरी आएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी बसन्त कुँवरले जानकारी दिए ।
बालिकाको स्वास्थ्य परीक्षणका लागि भदौ २३ गते भरतपुर अस्पताल पठाइएको एसपी कुँवरले बताए ।