२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई साउन २० गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले साउन २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन प्रहरीमा घटनाका बारेमा मौखिक जानकारी गराएको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पुर्वले जनायो ।
आरोपितलाई हाल अनुसन्धानको लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पुर्व) का एसपी रमेश थापाले जानकारी दिए । पीडित युवतीको स्वास्थ परीक्षण साउन २० गते भरतपुर जिल्ला अस्पतालमा सम्पन्न भएको प्रहरीले जनाएको छ ।