विराटनगर महानगरपालिका–१४ स्थित जतुवा नहर छेउको रेल्वे ट्रयाकको कल्र्भटमा साउन १८ गते अन्दाजी २२ वर्षीया अपरिचित युवतीको हत्या गरी फालेको अवस्थामा शव फेला परेको छ ।
स्थानीयबासीले नग्न अवस्थामा युवतीको शव पानीमा डुबेको सूचना दिएपछि प्रहरीले शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाएको छ ।
तराईमुलको जस्तो देखिने युवतीको शवको सनाखत नभएपनि शवको प्रकृति हेर्दा बलत्कारपछि हत्या गरेर फालेको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी घनश्याम श्रेष्ठले बताए । घटनाबारे थप अनुसन्धान सुरू गरी घटनामा संलग्नहरूको खोजी कार्य सुरू गरिएको डिएसपी श्रेष्ठले बताए ।