INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार आरोपितविरूद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगर महानगरपालिका–५ का शम्भु पाण्डेविरूद्ध पीडितका आफन्तले साउन १७ गते जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका छन् ।

पीडित बालिकालाई आरोपितले साउन १५ गते यौन दुर्व्यवहार गरेको पीडितका बावुले जानकारी दिएका छन् ।

छोरीमाथि ‘बलात्कार प्रयास’ हुँदा आरापितलाई सहयोग गरेको भन्दै पीडितका बावुले आफ्नै ४३ वर्षीया पत्नीविरुद्ध पनि उजुरी दिएको बताए । जिल्ला प्रहरी कार्यालयले पीडित बालिकाकी आमालाई उजुरी लगतै गिरफ्तार गरी अनुसन्धान गरीरहेको इन्सपेक्टर जमुना बस्नेतले बताइन । बालिकाको स्वास्थ्य परिक्षण साउन १८ गते कोसी अचल अस्पताल विराटनगरमा गरिएको छ ।

अन्य

भिडियो