INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सीको आरोपमा सामाजिक बहिष्कारमा नेतृत्व गरेको घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

धार्चे गाउँपालिका–६ काशिगाउँका ५५ वर्षीया काली गुरूङ र २९ वर्षीया छोरी मिनकुमारी गुरूङलाई कथित बोक्सीको आरोप लगाएको भन्दै सोही ठाउँका २७ वर्षीय रोशन गुरूङविरूद्ध जिल्ला प्रहरी कार्यालयमा साउन १७ गते पीडित पक्षले उजुरी दिएको छ ।

पीडितद्वयलार्ए कथित बोक्सी भन्दै भ्रम फैलाएपछि सामाजिक बहिष्कारमा पर्न थालेको भन्दै कालीका छोरीहरू सुनमाया गुरूङ र राममाया गुरूङले साउन १७ गते जिल्ला प्रहरी कार्यालयमा आएर उजुरी दिएका हुन् ।

‘गत साउन १० गते गाउँका ५२ वर्षीय भिम गुरूङको मृत्यु भयो । उनको मृत्यु हाम्रो आमाले बोक्सी लगाएर भएको भन्दै गाउँलेले आरोप लगाए ।’–सुनमायाले भनिन् ।

मृतकको शरीर भित्र बोक्सीले खुवाएको ‘छेपारो, सर्प र भ्यागुुत्तो’ हुने भन्दै सदगद गर्न लागेको भिमको शवलाई रोशनको नेतृत्वमा घरेलु हतियारले पेट चिरिएको थियो । तर उनको पेटमा ‘छेपारो, सर्प र भ्यागुुत्तो’ केहीपनि नभेटिएको स्थानीयले बताए ।

पछिल्लो समय गाउँलेहरूले पीडित महिलाको परिवारलाई कथित बोक्सीको आरोप लगाउँदै छोएको पनि खान नहुने भन्दै बहिष्कार गर्न थालेका छन् ।

अन्य

भिडियो