INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षद्वारा गोली प्रहार गरी एक युवकको हत्या

कमला नगरपालिका–८ का २५ वर्षीय राजेश यादवलाई साउन १८ गते बिहान अज्ञात पक्षले गोली प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यादवको शव जनकनन्दनी गाउँपालिका इनर्वा स्थित रेल्वे स्टेशन छेउमा साउन १८ गते बिहान फेला परेको हो ।

रेल्वे लिकको छेउमा यादवको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । शवको जनकपुर अञ्चल अस्पतालमा पोष्टर्माटमको लागि राखिएको प्रहरीले जनाएको छ ।

यादवको शरीरमा ३-४ राउण्ड गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यादवको टाउको र पेटमा गोली लागेको छ ।

घटना स्थलबाट कटुवा पेस्तोल एक थान, तीन थान गोलीको खोका र एउटा मोटरसाइकल फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी गोविन्द थपलियाले बताए ।

यादव भारतमा बस्दै आएका थिए । साउन १८ गते बिहान नेपाल आएका थिए । घटना कसले र किन गराएको हो ? अनुसन्धान भइरहेको एसपी थपलियाले जनाकारी दिए ।

अन्य

भिडियो