६२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पञ्हरीले गङ्गादेव गाउँपालिका–५ फुलवासका ५२ वर्षीय असे घर्तीलाई साउन १६ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले साउन १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन १४ गते प्रहरी चौकी जिनाबाङमा उजुरी दिएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल रेउघामा साउन १५ गते गरिएको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रप्रसाद फूँयालले बताए ।