INSEC Online

📅 २०८३ जेष्ठ २१

यौनहिंसा घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौनहिंसा गरेको आरोपमा जुगल गाउँपालिका-३ पार्गापुका २२ वर्षीय बुद्ध तामाङलाई साउन ९ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार ३२ गते यौनहिंसा गरेको भन्दै पीडित पक्षले साउन ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित बालिकाको साउन २ गते चौतारा अस्पतालमा स्वास्थ्य परीक्षण भएको प्रहरीले जनाएको छ । आरोपित अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिमलराज कडेलले जनाए ।

अन्य

भिडियो