INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नीलाई छुरा प्रहार गरेको आरोपमा पति गिरफ्तार

ललितपुर महानगरपालिका-२ सानेपाकी २९ वर्षीया चन्द्रकला महर्जनलाई सामान्य घरायसी बिवादमा साउन ९ गते बिहान छुरा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ३७ वर्षीय पति पदम महर्जनलाई साउन ९ गते गिरफ्तार गरेको छ ।

पीडित चन्द्रकलाको पिठ्यूँमा छुरा प्रहार गरिएको छ । उनको उपचार भैँसेपाटीस्थित मेडिसीटी अस्पतालमा भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरकी इन्स्पेक्टर चञ्चला राईले बताइन् ।

पीडित पक्षले साउन ९ गते महानगरीय प्रहरी परिसर जावलाखेलमा उजुरी दिएको छ । पतिले मादक पदार्थ सेवन गरी सामान्य घरायसी विवादकै क्रममा छुरा प्रहार गरेको पीडितको आरोप छ ।

अन्य

भिडियो