INSEC Online

📅 २०८३ जेष्ठ २१

आन्दोलनका कारण विश्वविद्यालयमा पढाइ प्रभावित

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले सम्पूर्ण प्रक्रिया पूरा गरेर आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि असार २६ गतेदेखि यस विश्वविद्यालयका विद्यार्थी र प्राध्यापकहरू विरोधमा उत्रिएका छन् ।

पढाइ नै ठप्प पार्ने गरी विरोधमा उत्रँदा विद्यार्थी नै समस्यामा परेका छन् । गत असार २० गते सम्बन्धनको निर्णय भएपछि असार २६ गतेदेखि विश्वविद्यालयमा तालाबन्दी गरी आन्दोलन भइरहेको छ ।

आन्दोलनरत पक्षको माग सुनुवाइ गर्न विश्वविद्यालयले साउन ७ गते पाँच सदस्यीय समिति गठन गरेको छ ।

धेरै दिनदेखि पढाइ प्रभावित हुँदा पनि विश्वविद्यालय प्रशासनले चासो नदेखाएको विद्यार्थी नरेन्द्र दाहालले बताए ।

अन्य

भिडियो