INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

जगरनाथपुर गाउँपालिका–४ सुहपुर बस्ने १८ वर्षीया बविता चौधरीलाई हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका १९ वर्षीय प्रमेन्द्र चौधरीलाई साउन ५ गते गिरफ्तार गरेको छ ।

भारत पश्चिम चम्पारण बरगाँव थाना बगाहा पिपरिया वडा नं. ११ स्थायी घर भई जगरनाथपुर गाउँपालिका–४ सुहपुरस्थित सानोबुवाको घरमा बस्दै आएकी सुनकोशीया देवी भनिने बविता असार ३१ गते गङ्गोली नदीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

उनी असार २८ गतेदेखि घरबाट ‘बेपत्ता’ भएकी थिइन् । उनको मायाप्रेम प्रमेन्द्र चौधरीसँग रहेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । हाल गोर्खा जिल्ला ढकाल गाउँमा डकर्मीको काम गर्दै आएका प्रमेन्द्र र बिनिताबीच तीन वर्षदेखि मायाप्रेम चल्दै आएको प्रहरीले जनाएको छ ।

असार २८ गते भलुवहीमा गङ्गोलनदी छेउको खरबारीमा दिउँसो १२ बजे उनीहरूबीच भेटघाट भएको बताइएको छ । सो भेटघाटमा उनीहरूबीच यौन सम्बन्ध समेत भएको प्रहरीले जनाएको छ । प्रमेन्द्रले दोश्रो पटक यौन सम्पर्क राख्न खोज्दा बिनिताले इन्कार गरेकोले उनले मृत्युवरण गर्नु परेको पर्साका एसपी रेवती ढकालले बताए ।

प्रमेन्द्रको यौन प्रस्ताव अस्वीकार गरी घर जान थालेकी उनलाई अगाडि गाँठो पारी पछाडीतिर झुण्डीएको सल तानेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रमेन्द्रले बिनिताको हत्या गरेको अनुसन्धानको क्रममा खुलेकोले उनीविरूद्ध कर्तब्य ज्यान मुद्दामा थप अनुसन्धान गरिरहेको  एसपी ढकालले बताए ।

अन्य

भिडियो