२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले चैनपुर नगरपालिका–३ का ३८ वर्षीय गणेश खत्रीलाई साउन ५ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले साउन ४ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले साउन ४ गते इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएको थियो । पीडित युवतीको स्वास्थ्य परीक्षण साउन ४ गते नै जिल्ला अस्पतालमा गरिएको छ ।