INSEC Online

📅 २०८३ जेष्ठ २१

नेविसङ्घका केन्द्रीय सदस्यसहितको टोलीद्वारा अस्पतालमा तोडफोड

राजविराज नपा–४ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा साउन ३ गते राति नेविसङ्घका केन्द्रीय सदस्य नन्दकिशोर यादवसहितको समूहले तोडफोड गरेको अस्पतालले जनाएको छ ।

अस्पतालमा सञ्चालित फार्मेसीमा विष्णुपुर गाउँपालिका–६ घर भई राजविराज नपा–५ बस्ने ३५ वर्षीय नन्दकिशोर यादव, तिरहुत गाउँपालिका–४ का ३० वर्षीय बब्लु भनिने सञ्जय यादव, हनुमाननगर कङ्कालिनी नपा–१४ का २५ वर्षीय सुरेश यादव र नचिनेका तीन जनासहित ६ जनाको समूहमा आएको भिडले तोडफोड गरेको सप्तरी प्रहरीले जनाएको छ ।

आरोपितहरूले राति ११ बजे कुटपिट गर्दै पसल तोडफोड गरेर क्षति पु¥याएको फार्मेसी सहायक सुर्यकान्त झाले जानकारी दिए । झाका अनुसार तोडफोडबाट पसलमा रहेको कम्प्युटर, प्रिन्टर, सिपीयु, राउटर, टेबल, क्यालकुलेटर, औषधिसहित ¥याक दराज क्षति भएको छ ।

अस्पतालले एक वर्ष अघि आफ्नो हाताबाट निजी औषधि पसलहरू हटाउँदै आफ्नै फार्मेसी सञ्चालन गरेर अन्य पसलभन्दा सुलभ दरमा २४सै घण्टा सेवा उपलब्ध गराइरहेको फार्मेसी संयोजक मनोज देवको भनाई छ ।

अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गरेपछि अन्य औषधि पसललाई मर्का परेकोले घटना भएको कर्मचारीहरू बताउँछन् । आरोपितहरूको खोजीकार्य भइरहेको डिएसपी भावेश रिमालले बताए ।

अन्य

भिडियो