INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शिवराज नपा–२ हल्लानगरका २५ वर्षीय दिपु परियारलाई साउन २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन १ गते यौन दुव्र्यवहार गरेको भन्दै पीडितले दिएको सूचनाको आधारमा साउन २ गते शान्ति पुनस्र्थापना गृह कृष्णनगर र इलाका प्रहरी कार्यालय, कृष्णनगरको टोलीले आरोपितलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय, कृष्णनगरका इन्स्पेक्टर सुर्य बोगटीले जानकारी दिएका छन् । पीडित बालिकाको स्वास्थ परीक्षण साउन २ गते नै बहादुरगञ्ज स्थित स्वास्थ चौकीमा गरिएको छ ।

अन्य

भिडियो