INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ६ महिना कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भ बोकाएको कसुरमा १५ वर्षीय बालकलाई जिल्ला अदालतले असार ३१ गते ६ महिना कैदको फैसला गरेको छ ।

न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्धबहादुर आलेले बताए । पीडित बालिकालाई माघदेखि पटकपटक फकाएर बलात्कार गरी गर्भ बोकाएको आरोपमा आरोपितविरूद्ध पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा वैशाख २५ गते उजुरी दिएको थियो ।

बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा बैशाख २५ गते भएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाले आरोपित बालकलाई वैशाख २५ गते  गिरफतार गरेको थियो भने जिल्ला अदालतको आदेशमा आरोपित जेठ १८ गते देखि सुधारगृह बिराटनगरमा रहेका थिए ।

अन्य

भिडियो