२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दशरथचन्द नपा-१ गुरूखोलाका महेश भट्टलाई ०७५ असार ३१ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले असार २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २७ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख नेत्रमणी गिरीले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण असार २६ गते जिल्ला अस्पताल बैतडीमा गरिएको छ ।