१७ वर्षीया छात्रालाई विद्यालय भित्रै यौनहिंसा गरेको कसुरमा इन्द्रावती गाउँपालिका-६ बसन्तपुर घरभई सोही ठाउँको संस्कृत माविका शिक्षक ४८ वर्षीय हरिप्रसाद कोइरालालाई असार २७ गते जिल्ला अदालतले चार वर्षको जेल सजाय गरेको छ ।
पीडित छात्रालाई कोइरालाले ०७५ जेठ २० गते यौनहिंसा गरेको आरोपमा पीडितले जेठ २१ गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएकी थिइन् । पीडितपक्षको उजुरीका आधारमा कोइरालालाई जेठ २१ गते प्रहरीले गिरफ्तार गरी मुद्दा चलाएको थियो ।