६२ वर्षीया बृद्धालाई बलात्कार प्रयास गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले पाँचखपन नगरपालिका–२ का ५८ वर्षीय पदमनाथ दहाललाई पाँच वर्ष कैदको फैसला गरेको छ ।
न्यायाधीश प्रकास राउतको इजलासले असार २७ गते दहाललाई दोषी ठहर गर्दै पाँच वर्ष कैद र पीडितलाई २० हजार रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउने फैसला सुनाएको हो ।
पीडित बृद्धालाई दहालले ०७५ वैशाख १५ बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख १५ गते प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा गरिएको थियो । दहाललाई प्रहरीले वैशाख २४ गते गिरफ्तार गरी मुद्दा चलाएको थियो ।