INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितद्वय गिरफ्तार

२३ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले याङ्गवरक गाँउपालिका-३ का ४० वर्षीय ईश्वर योङ्गया र फिदिम नपा-७ का २३ वर्षीय प्रदीप मुखियालाई असार २४ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितद्वयले असार २३ गते साँझ बलात्कार प्रयास गरेको भन्दै पीडित महिलाले २४ गते प्रहरीमा उजुरी दर्ता गराएपछि उनीहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बामदेव गौतमले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो