१३ वर्षीया बालिकालाई असार २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा ललितपुर महानगरपालिका-२३ धापाखेलका ४१ वर्षीय जफत महर्जनविरूद्ध महानगरीय प्रहरी वृत्त सादोबाटोमा पीडित पक्षले असार २६ गते उजुरी दिएको छ ।
घटनापछि आरोपित महर्जन फरार रहेको र खोजी कार्य भइरहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोकी सई सरिता भण्डारीले बताइन् । पीडितको स्वास्थ्य परीक्षण असार २६ गते बिहान पाटन अस्पतालमा भएको छ ।