१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा–१५ का २२ वर्षीय श्यामबहादुर पुलामी मगरलाई असार २५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई असार २४ गते आरोपितले बलात्कार गरेको आरोपमा पीडित पक्षले असार २५ गते जिल्ला प्रहरी कार्यालय, परासीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपित पुलामीलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सई टिकाराम पोख्रेलले जानकारी दिए ।