INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार अभियानको कदरस्वरूप इन्सेकलाई सम्मान

मानव अधिकार मञ्च नेपाल इलामले मानव अधिकारको क्षेत्रमा उच्च योगदान गरेको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)लाई सम्मान गरेको छ ।

मञ्चले आफ्नो २० औँ वाषिर्कोत्सवका अवसरमा असार २३ गते इन्सेकलाई संस्थागत सम्मान गरेको हो । इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्षपुस्तक र जिल्लामा गरिरहेको कामको अधिकारका क्षेत्रमा उच्च योगदान रहेकाले संस्थागत ढङ्गले सम्मान गरिएको मानव अधिकार मञ्चका अध्यक्ष मोहनसिंह थेवेले बताए ।

मञ्च स्थापनासँगै इन्सेकले पनि इलाममा सहकार्य गरेर बालबालिकासम्बन्धी कार्यक्रमलाई बालबालिकाको क्षेत्रमा मञ्चलाई काम गर्न प्रेरित गरेको थेवेले चर्चा गरे ।  मञ्चको स्थापना २०५५ मा गरिएको हो ।

प्रदेश सांसद राम रानाले मञ्चले इन्सेकसँग मिलेर विगतको सशस्त्र द्वन्द्वदेखि हालसम्म अधिकारका क्षेत्रमा क्रियाशील रहनु उच्च काम भएको वक्ताहरूले धारणा राखेका थिए ।

Photo20180707Ilam

अन्य

भिडियो