१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा तुम्देवा गाउँपालिका-६ का १९ वर्षीय उत्तम शेर्पालाई जिल्ला अदालतले असार २१ गते तीन वर्षकैदको सजाय सुनाएको छ ।
०७४ माघ ९ गते आरोपितविरूद्घ परेको मुद्दामा न्यायाधीश मनोज केसीको इजलासले सो फैसला गरेको अदालतका सूचना अधिकारी मोहन जवेगूले बताए ।
पीडित बालिकालाई शेर्पाले ०७१ जेठ १५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जेठ १६ गते प्रहरीमा उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पतालमा गरिएको थियो । घटना पश्चात फरार रहेका आरोपितलाई लामो समयसम्म गिरफ्तार गर्न नसकिएकाले सोही अवस्थामा मुद्दाको फैसला भएको हो ।