१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले असार २० गते झापा जिल्ला शनिअर्जुन नपा-९ का ४० वर्षीय श्याम भनिने सनबहादुर खातीलाई ६ वर्ष कैदको फैसला गरेको छ ।
न्यायाधीश मनोज केसीको इजलासले सो फैसला गरेको अदालतका सूचना अधिकारी मोहन जवेगूले बताए । घटनाका आरोपितविरूद्ध ०७४ माघ ९ गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
पीडित बालिकालाई खातीले ०७१ असोज २१ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले कात्तिक १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पतालमा गरिएको थियो । घटना पश्चात फरार रहेका आरोपित लामो समयसम्म गिरफ्तार गर्न नसकिएकाले सोही अवस्थामा मुद्दाको फैसला भएको हो ।