कोहलपुर नपा-५ की ४५ वर्षीया दुर्गा बैदवारलाई असार २० गते ४८ वर्षीय पति एकराज बैदवारले धारिलो हतियार प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
परिवारीक कलहका कारण हत्या भएको हुनसक्ने इलाका प्रहरी कार्यालय कोहलपुरका इन्स्पेक्टर निरन्जन घिमिरेले बताए ।
इन्स्पेक्टर घिमिरेका अनुसार घटनास्थलबाट चक्कु र हथौडा बरामत गरिएको र आरोपित फरार रहेकाले दुर्गाको हत्या भएको अनुमान गरिएको हो ।
आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टम असार २१ गते भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको छ ।