INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लिखु गाउँपालिका-६ का ६० वर्षीय भक्तबहादुर श्रेष्ठलाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार १४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका  अभिभावकले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले आरोपितलाई असार १५ गते गिरफ्तार गरेको जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्न रुम्जाटार जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी अनन्त शर्माले बताए ।

अन्य

भिडियो