INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रूकुम पश्चिम आठविसकोट नपा-१४ घेत्माका २४ वर्षीय चन्द्रकुमार मल्ललाई असार १५ गते गिरफ्तार गरेको छ ।

बिरामी भएर तीन दिनदेखि अस्पतालमा भर्ना भएकी १४ वर्षीया बालिकालाई जिल्ला अस्पताल सल्लेमा करार सेवामा अहेव पदमा कार्यरत मल्लले असार १३ गते राति यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असार १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले अस्पतालबाटै गिरफ्तार गरेको जनाएको छ ।

अन्य

भिडियो