INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित देवर गिरफ्तार

सिमकोट गाउँपालिका-६ की ३८ वर्षीया बाँचकली भनिने जुनकला कामीलाई असार १२ गते कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले ३४ वर्षीय देवर परमल सिंह कामीलाई असार १२ गते गिरफ्तार गरेको छ ।

मदिराले लठि्ठएका देवरले आफ्नै घरको ढोकामा लातीले हानेर फुटाल्न खेज्दा भाउजुले ढोकामा नहान्नुस भन्दा उल्टै बाँचकलीलाई हात र मुक्काले हिर्काएको पीडितले आरोप लगाइन । देवरको कुटपिटबाट पीडित महिलाको अनुहार सुनिएको छ भने छातीमा समेत चोट लागेको छ ।

पीडित महिलालाई कुटपिट गरेको आरोपमा न्यायको माग गर्दै बाँचकलीका पति चैत्या कामीले असार १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि घटनाको अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका जवान धनन्जय न्यौपानेले बताए ।

कुटपिटका कारण घाइते बनेकी पीडितको उपचार जिल्ला अस्पताल हुम्लामा भइरहेको छ । उपचारमा संलग्न डा. पासी लामाका अनुसार पीडितको छाती र मुखमा चोट लागेको छ । छातिको एक्सरे गर्ने तयारी भइरहेको डा. पासीले बताए ।

अन्य

भिडियो