INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचविखनका लागि किर्गिस्तानतर्फलाँदै गरेको अवस्थामा चार जनाको उद्दार

मानव तस्करीका लागि किर्गिस्तानतर्फ लग्दै गरेको अवस्थामा कपिलवस्तुको कृष्णनगर नाका हुँदै दिल्ली लैजाँदै गरिएका २० देखि ३० वर्षउमेर समूहका गोर्खाकी एक र रुपन्देहीका तीन जना युवतीको भदौ १९ गते कृष्णनगरबाट उद्दार गरिएको प्रहरीले जनाएको छ ।

विभिन्न बाहानामा भारत तथा अन्य देशहरूमा वैदैशिक रोजगारीको नाममा दलालहरूले पछिल्लो पटक कृष्णनगर नाका प्रयोग गर्दै मानवतस्करी गर्न थालेकोले निगरानी बढाइएको पनि प्रहरीले जनाएको छ ।

किर्गिस्तान जाने भन्दै भारत जान थालेका युवतीहरूलाई कृष्णनगर सिमा क्षेत्रबाट शान्ति पुनःस्थापना गृह र इलाका प्रहरी कार्यालय कृष्णनगरले उद्दार गरेको हो । दलालहरूले नै पासपोर्ट बनाई दिएको र फ्रि भिसा तथा अन्य सम्पुर्ण खर्च व्यहोर्ने गरी भारतको दिल्लीबाट किर्गिस्तान लैजाने गरी चार जना युवतीलाई कृष्णनगर नाकाबाट भारत लैजाने गरेको अवस्थामा उद्दार गरिएको थियो ।

मानव बेचविखनको क्षेत्रमा काम गर्दै आएको शान्ति पुनःस्थापना गृहका कर्मचारीले ती युवतीहरूलाई सोधपुछ गर्दा भारत हुँदै किर्गिस्तान जान लागेको बताएपछि रोकेका थिए ।

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै मानव तस्करहरूले कपिलवस्तुको कृष्णनगर, नेपालगञ्जको रुपेडिया नाका हुँदै भारतको दिल्ली पुर्‍याउने र त्यहाँबाट खाडी मुलुक पठाउने गरेको घटनाहरू सार्वजनिक हुँदै आएका छन् ।

कपिलवस्तुको कृष्णनगर नाका हुँदै वैदेशीक रोजगारका लागि विभिन्न खाडी मुलुकमा जान भनी हिँडेका करिव ४०/४५ जना युवतीलाई आ.व. ०७२/०७३ मा उद्दार गरी घर फर्काइएको शान्ति पुनःस्थापन गृहका संयोजक भूमिराज भट्टराईले बताएका छन् ।

अन्य

भिडियो